Sagun Khabar
‘वन आवर सर्भिस’ शुरु गर्दै बैतडी प्रशासन, साउन १ देखि लागू हुने 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राही कार्यालय प्रवेश गरेको एक घण्टाभित्रै सेवा दिने भएको छ । 

जिल्ला प्रशासन कार्यालयले साउन १ गतेदेखि ‘वन आवर सर्भिस’ लागू गर्ने र सेवाग्राहीलाई एकघण्टाभित्रै सेवा दिने सुनिश्चितता गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । 

नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा सेवाग्राही कार्यालय प्रवेश गरेको एक घण्टाभित्र उपलब्ध गराइने प्रशासन कार्यालयले जनाएको छ । 

कार्यालयले जारी गरेको सूचना अनुसार साउन १ मा ‘वन आवर सर्भिस’को औपचारिक घोषणा कार्यक्रम आयोजना गरिनेछ । 

साउन १ गते दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालयको परिसरमा ‘वन आवर सर्भिस’को औपचारिक घोषणा गरिने भएकाले सबैलाई उपस्थितीका लागि अनुरोध गरिएको छ । 

DAO-1784101760.jpg
 

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १३:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update