Sagun Khabar
दार्चुलामा भीरबाट लडेर एक वृद्धाको मृत्यु 

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका–१ थाङलिङकी ८० बर्षीया सौली ठेकरेको आइतबार थाङलिङबाट सल्लागाउँ जाने क्रममा सोही क्षेत्रको भीरबाट लडेर मृत्यु भएको हो । 

भीरबाट करीब २ सय मिटर तल खसेकी ठेकरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update