कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
बझाङ –बझाङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत बझाङको २०७० साल माघ २ गतेको फैसला अनुसार १ बर्ष ११ महिना १२ दिन कैद सजाय तोकिएका केदारस्युँ गाउँपालिका ३ का ५५ बर्षीय बिर्ख खातीलाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३ ११:१९
प्रतिक्रिया दिनुहोस्





