Sagun Khabar
दार्चुलामा एक जना मृत फेला 

दार्चुला –दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन् । 

जिल्लाको व्याँस गाउँपालिका–६ बडूगाउँका ५८ बर्षीय सुनादत्त बडू मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

बुधबार घर नजिकैको जंगलमा गोठालो गएका बडू बेलुकासम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा घरदेखि १ कि.मी. टाढा बुधबार राति मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update