Sagun Khabar
दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय सञ्चालन 

दार्चुला –दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ । सरकारको निर्णय अनुुसार गोकुलेश्वरमा आजदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको हो । 

आज एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मिँयाले एक कार्यक्रमकाबीच इलाका प्रशासन कार्यालयको उद्दघाटन गरेका छन् । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै नागरिकहरुलाई सेवा प्राप्तिमा सहजता हुने प्रदेश प्रमुख मिँयाले बताएका छन् । 

ईलाका प्रशासन कार्यालय सञ्चालनमा आएसंगै दार्चुलाको शैल्यशिखर नगरपालिका, अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकाका नागरिकहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, नाबालिग परिचय पत्र  लगायत प्रशासनिक सेवा प्राप्तिमा सहज हुने भएको छ । यसअघि यी सेवा प्राप्तिका लागि जिल्ला सदरमुकाम खलंगा धाउनुपर्ने बाध्यता रहेको थियो । 

गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै यो क्षेत्रका नागरिक खुसी भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update