Sagun Khabar
१० लाखको लगानीमा युवा उद्यमी विनोदराज पन्तको क्रिम वेल

बैतडी - बैतडीका स्थानीय समेत रहेका युवा उद्यमी विनोदराज पन्तले १० लाखको लगानीमा क्रिम वेल संचालनमा ल्याएका छन ।

आइसक्रिम पारखीहरूका लागि लोकप्रिय आइसक्रिम ब्रान्ड क्रिम वेलले आफ्नो ७१औँ शाखा धनगढीमा विस्तार गरेको छ। शहिद गेट नजिकै सञ्चालनमा ल्याइएको उक्त शाखाले स्थानीय बजारमा नयाँ उत्साह थपेको धनगढी शाखाका सञ्चालक विनोदराज पन्तले बताए ।

पछिल्लो समय बजारमा सर्वाधिक रुचाइएको आइसक्रिम उत्पादन गर्ने कम्पनीमध्ये क्रिम वेल अग्रस्थानमा रहेको क्रिम वेल कम्पनीका प्रतिनिधि सरोज ज्ञावलीले बताएका छन । युवाहरूलाई उद्यम संग जोडदै नेपालका प्रमुख शहरहरूमा क्रिम वेलले आफ्नो बजार विस्तार गरिरहेको बताइएको छ ।

७१औँ शाखाको रुपमा करिब १० लाख रुपैयाँ लगानीमा स्थापना गरिएको क्रिम वेल शाखाले स्थानीयस्तरमा गुणस्तरीय सेवा प्रदान गर्दै व्यवसायलाई नागरिकमुखी बनाउने लक्ष्य लिएको शाखा संचालक पन्तले बताए ।स्वदेशमै युवा उद्यम संग जोडिनु पर्नेमा जोडदिदै नयाँ व्यवसायलाई सेवा गर्ने अवसरको रुपमा लिएको उनले बताएका छन ।

शुक्रवारबाट संचालनमा ल्याइएको क्रिम वेल शाखा धनगढीको उद्घाटन शिक्षा क्षेत्रका प्राज्ञिक व्याक्ती  प्राध्यापक डा. हेमराज पन्तले गरेका थिए। उद्घाटनको अवसरमा शुक्रबार ग्राहकहरूका लागि ‘१ किन्दा १ फ्रि’ विशेष अफर समेत उपलब्ध गराइएको सञ्चालक पन्तले बताए । क्रिम वेलको नयाँ शाखा सञ्चालनसँगै धनगढीमा आइसक्रिम व्यवसाय थप आकर्षक बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update