महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त
काठमाण्डौ – अधिवक्ता डा. नारायणदत्त कँडेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।
महान्यायाधिवक्ता सरकारको मुख्य कानूनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १७:२६
प्रतिक्रिया दिनुहोस्





