रोल्पामा पहिरोले ६ वटा घरगोठ पुरिँदा २ जनाको मृत्यु, १० जना बेपत्ता
काठमाण्डौ – लगातारको वर्षापछि खसेको पहिरोले रोल्पामा घरगोठ पुरिँदा २ जनाको मृत्यु भएको छ ।
२ जना गम्भीर घाइते छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोले ६ वटा घर गोठहरु पुरिंदा अरु १० जना बेपत्ता छन् ।
हिजो बेलुकी पौने ९ बजेतिर खसेको पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी घाईते २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनास्थल विकट रहेकाले घटनाको थप विवरण संकलन भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ ०७:५६
प्रतिक्रिया दिनुहोस्




