कैलाली –राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आफूले देश र सुदूरपश्चिम बनेको सपना देखेको बताउँदै त्यो सपना आफ्नो पार्टीले पूरा गर्ने बताएका छन् । कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै शाहलले यस्तो बताएका हुन् ।
उनले डोटेली भाषामै भने, ‘बेली छकालै एउटा सुइना देख्या थे, सुदूरपश्चिम र देश बनेको । त्यो सपना पूरा गर्ने हो । त्यो पूरा गर्ने पार्टी रास्वपा हो ।’
शाहले खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनुपर्ने, स्वास्थ्य उपचार पाउनुपर्ने र दुई वर्षमा बन्ने बाटो डेढ वर्षमा बन्नुपर्ने एजेन्डा आफूहरूको भएको बताए ।
देशलाई स्वीजरल्याण्ड बनाउन आवश्यक नरहेको बताउँदै उनले बडिमालिका, रामारोशन र खप्तडको विकास आवश्यक रहेको बताए ।
आफूहरु भोट भाग्न नभएर काम माग्न आएको बताउँदै शाहले रास्वपाले काम गरेर देखाउने बताए ।




