Sagun Khabar
कैलालीमा माघ महिनामा ५९ सवारी दुर्घटना, ८ जनाको मृत्यु 

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीले माघ महिनामा सवारी दुर्घटना र राजस्व संकलन सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार, सो महिनामा कुल ५९ सवारी दुर्घटना भएका छन् । 

५९ ओटा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । ४२ ओटा सवारी दुर्घटना चालकको गल्तीका कारण भएका प्रहरीको विश्लेषण छ । 

यस्तै गत महिना ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ३७९ ओटा सवारी साधनबाट जरीवानाबाफत ११ लाख ५२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । 

सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धी जनचेतना बढाउन माघ महिनामा ३९ वटा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update