Sagun Khabar
बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु 

डोटी–डोटीमा भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ । बोगटान फुड्सिल गाउँपालिका–१ पोखरीमा बुधवार साँझ बन्दुको छर्रा लागेर ३० बर्षीय कलम धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय दुर्गासिंह कुडमालको तीन तले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा अचानक बन्दुक पड्केको थियो । वायरिङको काम गरिरहेका धामीको बायाँ कन्चटमा छर्रा लागी घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटनाबारे जानकारी पाए लगत्तै प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो । त्यसै गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको नेतृत्वमा ६ जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । 

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update