दार्चुलामा प्रहरी हवल्दार घर्तीको हत्या : एक नाबालकसहित तीन जना पक्राउ
दार्चुला –दार्चुलामा एक प्रहरी हवल्दारको हत्या भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको हो ।
योगेन्द्रको शव महाकाली नगरपालिका–४ बांगाबगडास्थित एउटा होटलको पछाडि मंगलबार बिहान भेटिएको थियो । उनको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।
हत्यामा संलग्न भएको आशंकामा एक नाबलक र दुई महिला गरेर तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले बताए । घटनाको अनुसन्धान भइरहेका पक्राउ परेकाहरुको नाम नखुलाएको प्रहरीले जनाएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२ १६:०९
प्रतिक्रिया दिनुहोस्




