गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट शल्यक्रिया सेवा शुरु
कैलाली –कैलालीस्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत रहेको गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्ष स्थापना गरी शल्यक्रिया सेवा शुरु गरिएको छ ।
शुक्रबारदेखि मोडुलर शल्यक्रिया कक्ष प्रयोगमा ल्याउँदै शल्यक्रिया सेवा सञ्चालन गरिएको अस्पातलका सूचना अधिकारी नैनसिंह कार्कीले बताए । यसअघि अस्पतालले आपतकालिन सेवाका लागि व्यवस्था गरिएको शल्यक्रिया कक्षबाट मात्र शल्यक्रिया सेवा दिँदै आएको थियो ।
अस्पतालमा रहेका पाँच वटा मोडुलर शल्यक्रिया कक्षमध्ये हाल तीन वटा कक्षबाट तत्काल शल्यक्रिया सेवा सञ्चालन गर्न सकिने अवस्था रहेको सूचना अधिकारी कार्कीले बताए । मोडुलर शल्यक्रिया कक्षबाट शल्यक्रिया सेवा शुरु भएपछि बिरामीहरुलाई सहज हुने उनले बताए ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०८२ १७:२८
प्रतिक्रिया दिनुहोस्




