Sagun Khabar
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु 

कैलाली –कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–५ तिकलपुरस्थित भित्री सडक खण्डमा रा ६ प ३१५७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई शुक्रवार राति दुर्घटना हुँदा मोटरसाईकल चालक सोही ठाउँ बस्ने ३२ बर्षीय दिपेन्द्र रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाईते भएका उनको टीकापुर अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update