धनगढीमा दुई हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
कैलाली –कैलालीको धनगढी उपमहानगरपालिकामा यही माघ २७ गतेदेखि एचपिभी खोप कार्यक्रम सञ्चालन हुने भएको छ । महिलामा पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन हुन लागेको उक्त खोप कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाभित्रका २ हजार ३ सय ४० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार खोप अभियानका लागि कुल १ सय १३ वटा खोप केन्द्र स्थापना गरिनेछ । जसअन्तर्गत ९४ वटा विद्यालय र १९ वटा स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिनेछ । अभियानलाई प्रभावकारी बनाउन ६४ जना स्वास्थ्यकर्मी र ९४ जना स्वयंसेवक परिचालन गरिने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२ १४:१२
प्रतिक्रिया दिनुहोस्




