Sagun Khabar
लागू औषध नियन्त्रणमा कडाइ गर्न मुख्यमन्त्री शाहको निर्देशन 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लागू औषध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका छन् । 

मुख्यमन्त्री शाह र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबीच आज भएको भेटवार्ता उनले उक्त निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री निवासमा सम्पन्न भेटमा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागुऔषध दुव्र्यसनलाई नियन्त्रण र निरुत्साहित गर्न प्रभावकारी कदम चाल्न निर्देशन दिए । उनले लागुऔषधले युवा पुस्तामा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै यसको नियन्त्रणमा प्रहरीको भूमिकालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । साथै, समग्र सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाउन पनि निर्देशन दिए ।

जवाफमा प्रहरी प्रमुख रानाले लागुऔषध नियन्त्रण तथा शान्ति–सुरक्षाका क्षेत्रमा प्रदेश प्रहरी सक्रिय रूपमा काम गरिरहेको बताउँदै मुख्यमन्त्रीका निर्देशनहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update