Sagun Khabar
सुदूरपश्चिममा लगानीको सम्भावना छ : मुख्यमन्त्री शाह

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानीको विशाल सम्भावना रहेको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका अवसरमा तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती पत्र– २०८१’ आज बुझ्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री शाहले प्रदेश सरकार लगानी अनुकूल वातावरण निर्माणलाई प्राथमिकता दिएर अघि बढिरहेको बताए । 

पत्र हस्तान्तरण गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रपसाद ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, जडीबुटी, धार्मिक तथा जलस्रोत क्षेत्रमा अपार सम्भावना रहेको बताए । उनले नेपालमा नकारात्मक धारणाभन्दा पनि सकारात्मक ऊर्जा र लगानीमैत्री सोच आवश्यक भएको बताए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update