कैलाली –कैलालीको अत्तरियाबाट साढे ७ किलो चरेशसहित चार जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका–२ अत्तरिया बजारमा रहेको नमस्ते अन्नपूर्ण होटलबाट शुक्रवार साँझ साढे ६ बजे चरेशसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ बस्ने २८ वर्षीय बमबहादुर धामी, छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने ४२ वर्षीय जनक जाग्री, सुर्मा गाउँपालिका–३ का २५ वर्षीय अमृत बोहरा र दार्चुलाको महाकाली नगरपालिका–२ का ५० वर्षीय रूपसिंह सितोली रहेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले बताए ।
होटलमा चरेशको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले चारै जनालाई होटलबाटै नियन्त्रणमा लिएको उनले बताए ।
उनीहरूको साथबाट एउटा डिजिटल तराजु समेत बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।




