Sagun Khabar
डोटीकोमा जिप दुर्घटना हुदाँ ६ जना घाइते

डोटी: डोटीको सायल गाउँपालिका–४, खालीखोलामा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कञ्चनपुर पुनर्वास–२ का २८ वर्षीय ईश्वर थापाले चलाएको सु.प.प्र. ०१–००१ च ४२५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सायलबाट दिपायलतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घाइतेमध्ये चालक थापा सहित आदर्श–७ की ५४ वर्षीया हरिदेवी कापडी, सायल–२ का ३१ वर्षीय दिल्ली राज ओझा, ४० वर्षीय भोजराज ओझा, भोजराजका ११ वर्षीय छोरा आमत ओझा तथा सायल–४ का ४३ वर्षीय टेकराज ओझा रहेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update