Sagun Khabar
कोरोनाको हटस्पट बन्दै दशरथचन्द नगरपालिका 

बैतडी – दशरथचन्द नगरपालिकाभित्र अहिले ७५ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार मात्रै दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको कोरोनाकै कारण डडेल्धुरामा मृत्यु भयो । जिल्ला अस्पतालबाट रेफर गरिएका ती पुरुषको श्वासप्रश्वासमा समस्या आएको थियो । 

जिल्लाभरी रहेका १२१ सक्रिय संक्रमित मध्ये आधाभन्दा बढी दशरथचन्द नगरपालिकाका रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘दशरथचन्द नगरपालिका क्षेत्र कोरोनाको हटस्पट बन्दैछ । अहिले सक्रिय संक्रमितको संख्या हेर्ने हो भने नगरपालिकामै आधा भन्दा बढी रहेका छन् ।’

Atrya hospital

नगरपालिकाका सबै वडा कोरोनाको जोखिममा रहेका स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए  । दशरथचन्द नगरपालिकामा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएकाले नगरपालिकाले केही कदम चाल्नुपर्नेमा उनले जोड दिए । 

यो बिषयमा दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले नगरपालिकाले कोरोना संक्रमितलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याएको बताए  । कोरोनाको जोखिम नियन्त्रणका लागि अन्य उपायका बिषयमा समेत छलफल भईरहेको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update