बाजुरा सदरमुकाम मार्तडीमा आगलागी, करोडौं रुपैयाको क्षति
बाजुरा –बाजुरा सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।
बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।
पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो ।
आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२ १६:१३
प्रतिक्रिया दिनुहोस्




