Sagun Khabar
कोरोनाबाट मृत्यु भएका बैतडीका एकजना संक्रमितको शव नेपाली सेनाद्वारा व्यवस्थापन 
फोटो : कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्दै नेपाली सेनाको टोली 

बैतडी–कोरोनाका कारण मृत्यु भएका बैतडीका एकजना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मंगलबार राती मृत्यु भएका दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको शव बैतडीमा रहेको नेपाली सेनाको हनुमानध्वज गुल्मबाट खटिएको टोलीले बुधबार अबेर साँझ व्यवस्थापन गरेको हो । 

डडेल्धुरामा शव व्यवस्थापन गर्न नदिएपछि बुधबार दिउँसो शव बैतडी ल्याइएको थियो । बुधबार नै बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले दशरथचन्द नगरपालिका ८ मौराबगरमा शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो । 

Atrya hospital

सो ठाउँमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि वडा नं ८ कै डड्यौलीमा बुधबार राती शव व्यवस्थापन गरिएको हनुमानध्वज गुल्मका निमित्त गुल्मपति गिरिजा भट्टले बताए । स्थानीयहरुको अवरोधका कारण शव व्यवस्थापनमा ढिलाई भएको उनले बताए । 

कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बनाएको कार्यविधि अनुसार नै मृतकको शव व्यवस्थापन गरिएको निमित्त गुल्मपति भट्टले बताए । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०७:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update