Sagun Khabar
कैलालीमा खैरो हिरोइनसहित एक युवक पक्राउ 

कैलाली –कैलालीमा करीब १५ ग्राम लागूऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–११ बेला बस्ने २७ वर्षीय धनिराम राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए । 

बिशेष सूचनाको आधारमा रानाको घरमा खानतलासी गर्दा धानको बोरीमा लुकाइछिपाइ राखेको १४ ग्राम ९२० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको बताइएको छ । 

प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको प्रहरी टोलीले शुक्रबार दिउँसो १ बजे रानालाई खैरो हिरोइनसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update