किर्ते मुद्दामा फरार डोटीका एक जना पक्राउ
डोटी –किर्ते मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन् ।
जिल्ला अदालत हुम्लाको फैसलाले लिखत किर्ते मुद्दामा ३ महिना १७ दिन कैद सजाय र ४ हजार जरीवाना तोकिएपछि फरार रहेका डोटीको जोरायल गाउँपालिका–२ बुडर बस्ने ३८ वर्षीय सोनाम थापा पक्राउ परेका हुन् ।
थापालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिपायल सिलगढी नगरपालिका–६ सिलगढीबाट पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२ ०७:४०
प्रतिक्रिया दिनुहोस्





