गोदावरीमा बसको ठक्करबाट वृद्धाको मृत्यु
बैतडी - कैलालीको गोदावरीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
महाकाली राजमार्ग स्थित गोदावरीको तेघरीमा आर्मी ब्यारेक गेट नजिकै बसले ठक्कर दिँदा अन्दाजी ८० वर्षीया वृद्धाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मृतक वृद्धाको पहिचान खुलेको छैन। वृद्धालाई दिपायलबाट धनगढी आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिएको थियो। बुधवार बिहान ६ बजे भएको उक्त घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२ १६:१६
प्रतिक्रिया दिनुहोस्





