Sagun Khabar
कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयको अवरोध 

बैतडी–डडेल्धुरा अस्पतालमा कोरोनाका कारण मंगलबार मृत्यु भएका बैतडीका एकजनाको शव व्यवस्थापनमा समस्या देखिएको छ । शुरुमा डडेल्धुरामै नेपाली सेनाले शव व्यवस्थापन गर्ने तयारी गरेको भएपनि ठाउँमा नपाउँदा शवलाई बैतडी ल्याइएको थियो ।


कोरोनाका कारण मृत्यु भएका दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको शव दशरथचन्द नगरपालिका ८ मौराबगरमा व्यवस्थापन गर्ने निर्णय गरिएको भएपनि स्थानीयको अवरोधका कारण शव व्यवस्थापन गर्न सकिएको छैन् । 

Atrya hospital

बुधबार बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले मौराबगरमा शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेपाली सेनाले शव व्यवस्थापनको तयारी गरेको भएपनि स्थानीयहरुको अवरोधका कारण शव व्यवस्थापन हुन सकेको छैन् । 

मौराबगरबाट अर्को ठाउँमा शव व्यवस्थापनको तयारी भईरहेको नेपाली सेना श्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update