Sagun Khabar
डोटी अस्पतालका डाक्टर गुप्ताको निधन 

डोटी – जिल्ला अस्पताल डोटीमा कार्यरत चिकित्सक डाक्टर अरुण गुप्ताको निधन भएको छ । उनको काठमाण्डौंमा निधन भएको बताइएको छ ।

मधुमेह र मुटुसम्बन्धी समस्याबाट पीडित रहेका उनको घरमै मृत्यु भएको हो । उनको मृत्युपछि स्वास्थ्यकर्मी, सेवाग्राही र स्थानीय समुदाय शोकाकुल बनेको डोटी अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष यज्ञराज जोशीले बताए ।

डाक्टर गुप्ता लामो समयदेखि जिल्ला अस्पताल डोटीमा सेवा दिँदै आएका थिए । उनको निधनले डोटी जिल्ला अस्पतालले बिरामीप्रति समर्पित र इमानदार चिकित्सक गुमाएको पूर्वअध्यक्ष जोशीले बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update