Sagun Khabar
सुदूरपश्चिम सरकारले विपिनको परिवारलाई दुई लाख सहयोग गर्ने

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई पनि दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशीको परिवारलाई प्रदेश सरकारले मानविय सहायता स्वरुप दुई लाख रूपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ ।

२०८० असोज २३ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुसार जोशी परिवारलाई सहयोग गरिने मुख्यमन्त्री कमलबहादुर शाहले बताए । 

सरकारले त्यो बेला हमासको आक्रमणमा ज्यान गुमाएका अन्य विद्यार्थीका परिवारका सदस्यलाई पनि जनही २÷२ लाखका दरले आर्थिक सहयोग गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update