Sagun Khabar
सेती अस्पतालका करार सेवाका कर्मचारी आन्दोलित

कैलाली –सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित भएका छन् । चाडपर्व भत्ता, पोसाक भत्ता र महङ्गी भत्ता नपाएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयबाट करार सेवामा भर्ना भएका एक सय ५० जना भन्दा बढी कर्मचारीले चाडपर्व खर्च, महङ्गी भत्ता र पोसाक भत्ता नपाएको बताइएको छ ।  भत्ता नपाएपछि उनीहरूले आन्दोलनमै उत्रनु परेको बताएका छन् । 

कर्मचारीहरूले असोज ६ गतेदेखि भत्ता पाउनुपर्ने माग राख्दै आएका छन् । अघिल्लो वर्षसम्म अस्पताल विकास समितिले चाडपर्व भत्ता उपलब्ध गराए पनि यो वर्ष भने गराएको छैन् । 

भत्ता पाउनुपर्ने माग राख्दै सोमवार करार सेवाका कर्मचारीहरूले सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । उनीहरूले मन्त्रालयमै पुगेर आफ्ना माग राखेका हुन् । 

यता सेती प्रादेशिक अस्पतालले भने सामाजिक विकास मन्त्रालयले १२ महिनाको तलब मात्रै अनुदान उपलब्ध गराएकाले चाडपर्व भत्ता दिन नसकिएको जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update