सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो

काठमाण्डौ – सुनको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ आज तीन हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको दुई लाख १७ हजार आठ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । चाँदीको भाउ आज ३० रुपैयाँले बढेर तोलाको दुई हजार छ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार छ सय ५० रुपैयाँ थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२ १२:१५
प्रतिक्रिया दिनुहोस्