Sagun Khabar
विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने उर्जा मन्त्री घिसिङको पहिलो निर्णय

काठमाण्डौं –नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।

मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।

साथै ऊर्जामन्त्री घिसिङले खादा–माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update