महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन् ।
भण्डारी देशको प्रथम महिला महान्यायाधिवक्ता बनेकी छन् ।
यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले बडालको राजीनामा स्वीकृत गरेसँगै भण्डारी नियुक्त भएकी हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ ०७:४६
प्रतिक्रिया दिनुहोस्