रेशम चौधरीले छाडे नाउपा

काठमाण्डौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।
टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।
पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । श्रेष्ठ र चौधरीको समूह फरक–फरक थियो ।
चौधरीले आफैंले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि छोडेको बताएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२ ०९:५३
प्रतिक्रिया दिनुहोस्