
काठमाण्डौ – कृषी तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । नेपाली काङ्ग्रेसको शेखर कोइराला पक्षधरबाट मन्त्री बनेका अधिकारीले आज पदबाट राजीनामा दिएका छन् ।
चीन भ्रमणमा रहेका कोइरालाले आजै आफू पक्षधरका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको पनि बताएका छन् । काङ्ग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा कृषिमन्त्री अधिकारीसँगै पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन् ।
यस्तै नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत काङ्ग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहन नहुने र रहन नसक्ने उल्लेख गरेका छन् ।