कैलालीमा खुटिया नदीमा डुबेर ४ जना किशोरको मृत्यु

कैलाली – कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर चार जना किशोरको मृत्यु भएको छ । गोदावरी नगरपालिकाको खुटिया नदीको शेहरी झोलुङ्गे पुल नजिक नुहाउन गएका सातमध्ये चार जनाको आज डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी रहेका छन् ।
दिउँसो नुहाउने क्रममा डुबेका सातमध्ये तीन जनाको शकुशल उद्धार गरेको र चार जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२ १७:५५
प्रतिक्रिया दिनुहोस्