Sagun Khabar
पाटनमा तीज तथा गौराको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

बैतडी –बैतडीको पाटनमा तीज तथा गौराको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी महिला विभागले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो । 

कार्यक्रममा विभिन्न मौलिक तथा सांस्कृतिक गीतहरुका साथै देउडा खेलिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति सदस्य प्रेमराज भट्टले बताए । 

जिल्लाका १० ओटै स्थानीय तहबाट कार्यक्रममा संगठनका सदस्यहरुको सहभागिता रहेको थियो । 

नेपाल राष्ट्रिय शिक्षक संगठनकी कार्यवाहक जिल्ला अध्यक्ष हिरा भट्टको अध्यक्षतमा सम्पन्न कार्यक्रमका नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति सदस्य प्रेमराज भट्ट प्रमुख अतिथि रहेका थिए । 

उक्त कार्यक्रममा एमाले बैतडीका इञ्चार्ज लिलाधर भट्ट, एमाले बैतडीका अध्यक्ष नरेशकुमार विक लगायतको उपस्थिती रहेको थियो । 

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष आशा पाललाई सम्मान समेत गरिएको राष्ट्रिय समिति सदस्य भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update