चार दिनदेखि बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला
                        
                        
                                                
                                             
                                                                    कैलाली –कैलालीमा साउन २९ गतेदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
मृत भेटिनेमा घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जनाएको छ ।
डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले बताए ।
आमाछोरी एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका उनले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १७:२५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    