Sagun Khabar
बैतडीका समाजसेवी बिष्टसहित ६० जना प्रवासबाटै रास्वपामा प्रवेश 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानी घर भएका समाजसेवी विनोद बिष्टसहित ६० जनाले प्रवासबाटै रास्वपामा प्रवेश गरेका छन् । 

भारतको हैदरावादमा आयोजना भएको कार्यक्रममा उनीहरुले सदस्यता लिँदै पार्टीमा प्रवेश गरेका हुन् । रोजगारीका लागि प्रवासमा रहेका युवाहरुलाई पार्टीमा प्रवेश गराएर सदस्यता वितरण गरेको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताए । 

रोजगारीको सिलसिलामा भारतको हैदरवादमा रहका आफूसहित बैतडीका ४० जना र थप अन्य जिल्लाका गरेर ६० जनाले सदस्यता लिएर पार्टीमा प्रवेश गरेको बिष्टले बताए । प्रवासबाटै विभिन्न सामाजिक काममा सक्रिय रहेका बिष्टले पार्टीमा लागेर समाज परिवर्तनका लागि काम गर्ने बताए । 

पार्टीको राज्यका भेलाका लागि हैदरावाद पुगेका रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार,कोषाध्यक्ष लिमा अधिकारी लगायतले प्रवास रहेका युवाहरुलाई पार्टीमा प्रवेश गराएको जोशीले बताए ।

रास्वपाले भारतका विभिन्न स्थानमा राज्य भेला गरेर प्रवासमा रहेका नेपालीहरुलाई पार्टीमा प्रवेश गराइरहेको जोशीले बताए ।
 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update