
बाजुरा – बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याको बाम खोलामा आएको बाढीले बस्ती, खेतीयोग्य जमीन, पुल, विद्यालयका संरचना, जलविद्युत आयोजना लगायतका संरचनामा बगाएको छ । लगातारको वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा बस्ती नजिकका घर र खेती योग्य जमिन बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
स्थानीय साजन थापाका अनुसार बाढीले विशेष गरी खोला किनारका बस्ती र खेतबारी, पुल, जलविद्युत आयोजना लगायतमा ठूलो क्षति भएको बताए । हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले अहिलेसम्म बिच्छाया खोला किनारा नजिकका ८, १० वटा घरहरु बगाएको र खोला किनाराका खबै खेती योग्य जमिन बगाएको सुन्नमा जानकारी दिए ।
मल्लका अनुसार बिच्छ्या खोलामा आएको बाढीले वडा नं. १, ३ र ५ मा क्षति पु¥याएको छ । तर प्रभावित परिवार र खेति योग्य जमित तथा अन्य सम्पत्तिको विस्तृत विवरण अझै संकलन हुन सकेको छैन् ।