कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु 
                        
                        
                                                
                                             
                                                                    कैलाली –कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
टीकापुर बसपार्कबाट लम्कीका लागि छुटेका सुदूरपश्चिम प्रदेश ०१–००१–ख ३५८३ नम्बरको बसले मङ्गलवार बिहान साइकल र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
मृत्युु हुुनेमा साइकल यात्री टीकापुर नगरपालिका–६ मिलनपुरका ४५ वर्षीय अट्वारी चौधरी रहेका इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविनराजा बुढाथोकीले बताए ।
दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१–१२–प १८६९ नम्बरको मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नम्बर ६ का २५ बर्षीय राजु चौधरी घाईते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।
बस चालक कैलालीको गोेदावरी नगरपालिका–८ का हरिकेशी लम्साललाइ प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १७:४०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    