Sagun Khabar
कैलाली कारागारमा कैदीबन्दीको गणना सकियो

कैलाली –दुई समूहबीचको झडपका कारण तनावग्रस्त बनेको कैलालीगार कैदीबन्दीको संख्या पुनः गणना गरिएको छ ।

मानव अधिकार आयोगका प्रतिनिधिसँगै कारागार प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिमा थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको संख्या यकीन गरिएको हो ।

तनावपछि कैदीबन्दीको संख्यामा अन्योल भएकाले आइतबार मानव अधिकार आयोग धनगढी कार्यालयको रोहवरमा हतियारसहतिका सुरक्षाकर्मी प्रवेश गरेका थिए ।

गणनाअनुसार पुरुष राखिएको ब्लक ए मा ३९६ जना, ब्लक बी मा १९८, महिला ब्लकमा ५६ जना रहेका छन् ।

शनिबारको झडपमा घाइते भएकाहरूको संख्या ४९ रहेको कारागार प्रशासनले जनाएको छ । प्रशासनका अनुसार शनिबार एक जनाको मृत्यु भएको समेत गरी कारागारमा ७०० जना कैदीबन्दी थिए ।

आइतबार गणना गर्दा संख्यामा तलमाथि नदेखिएको पाइएको छ । यसअघि कैदीबन्दीले थुनुवाकक्षमा भित्रबाट लक गरेर कसैलाई प्रवेश गर्न दिएका थिएनन् ।
 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update