Sagun Khabar
कैलाली जिल्ला कारागारमा कैदीबन्दीबिच झडप : १ जनाको मृत्यु , ४७ घाइते

कैलाली – कैलाली जिल्ला कारागारमा गएराति कैदीबन्दीहरूबिच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते भएका छन् । घटनामा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए ।

झडपमा घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो । त्यस्तै घटनामा घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

कैदीबन्दीबीच दुई समूहमा मनमुटाब हुँदा गएराति झडप भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी रहेको कैलाली कारागारमा यसअघि पनि झडपको घटना हुने गरेको थियो । पछिल्लो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update