Sagun Khabar
कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा पाँच जना घाइते

धनगढीः कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट हुुँदा पाँच जना घाइते भएका छन्। बिहीवार कारागारमा कैदीबन्दीबिच कुटाकुट भएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए। उनले घटनाबारे छानविन भइरहेको बताए।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा भएको कारण झडप भएको बताए। तीन जनाको स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको उनको भनाइ छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ।

कैदीबन्दीबिच कुटाकुट भएपछि अहिले कैलाली प्रहरी प्रमुख बालनरसिंह राणा, डीएसपी राजकुमार सिंहले कारागार पुगेर घटनाबारे जानकारी लिनुभएको छ। कैलालीमा पछिल्लो समय सामुहिक झडपको असरले कारागारमा लफडा हुँदैआएको छ ।

जिल्लामा सामुहिक झडप गर्नेहरु कारागार चलान भएपछि कारागार भित्र लफडा हुँदैआएको बताइएको छ ।केही समयअघि कारागारका कैदीबन्दी सरुवाको विरोधमा उत्रिएका थिए।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update