Sagun Khabar
बडीमालिका दर्शन गरेर फर्किने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुराः  बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ। 


मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए। हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन्। 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update