Sagun Khabar
तेक्वान्दो खेलाडी साउदको अगुवाइमा गाउँका मन्दिरहरूमा वृक्षारोपण

बैतडी - बैतडीका तेक्वान्दो खेलाडी प्रकाश साउदको अगुवाइमा गाउँका मन्दिरहरुमा वृक्षारोपण गरिएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ४ घर भएका तेक्वान्दो खेलाडी साउदको अगुवाइमा गाउँका भौनेली मन्दिर , गलिनाथ मन्दिर , पिजास मन्दिर र भगवती मन्दिर लगायतका मन्दिरहरुमा आज वृक्षारोपण गरिएको सुर्नया गाउँपालिका वडा नम्बर ४ का स्थानीय प्रविन कुँवरले बताए ।

गाउँका मन्दिरहरुमा हरियाली र वातावरणीय सन्तुलनको संवर्धनका लागि बैतडीका अन्तर्राष्ट्रियस्तरका तेक्वान्दो खेलाडी प्रकाश साउदको अगुवाइमा वृक्षारोपण कार्यक्रम गरिएको बताइएको छ । स्थानीय युवा र मन्दिर समितिको सहितका सरोकारवाला व्याक्तीहरुको सहकार्यमा वृक्षरोपण गरिएको तेक्वान्दो खेलाडी साउदले बताए ।

१६ वर्षको उमेर देखि तेक्वान्दो खेल खेल्दै आएका साउद ,तेक्वान्दो खेलाडी वर्ष २०२४ का इण्डियन गोल्डमेडल प्राप्त व्याक्ती हुन । उहाँले अहिले पनि  विभिन्न समयमा तेक्वान्दो खेल खेली रहेका छन ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update