Sagun Khabar
आरोपित प्रहरी हवल्दार - बेपत्ता बैतडीकि एक किशोरीका ११ महिना

बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की अन्दाजी १७ वर्षीया किशोरी बेपत्ता भएको एघार महिना पूरा भएको छ ।

किशोरी बेपत्ता भएको एघार महिना बितिसक्दा सम्म किशोरीको अवस्था थाहा नहुदा बेपत्ता किशोरीको परिवारमा चिन्ता छाएको छ । छोरी आज आउँछे कि भनेर सधै हेरिरहने मंगोलापरिवारले कुरेको ११ महिना बित्यो तर छोरीको मोबाइलको घण्टी पो बज्ला कि भनेर हरेक दिन कान थापिरहने मंगोल परिवार र आफ्नतहरुले अहिले सम्म न छोरी आभास पाए ! न छोरीको लास नै पाए । मंगोला परिवार ११ महिनादेखि हराएकी १७ वर्षीया छोरीको पर्खाइमा दिन रात बिताइरहेका छन।

मंगोला परिवारमा अझ पीडा तब बढ्छ जब यही घटनामा संलग्न भनिएका व्यक्ति स्वयं नेपाल प्रहरीका एक वरिष्ठ हवल्दार रहेको पत्ता लाग्छ। जसले जनताको सुरक्षा गर्नु पर्ने, उसैले न्याय खोजिरहेका नागरिकको भरोसामाथि चोट दिएको बेपत्ता किशोरीका काका प्रेम सिँह मंगोलाको भनाइ रहेको छ । किशोरी कहाँ छिन्? कस्तो अवस्थामा छिन ! जिवित नै छिन वा छैन्न भन्ने यथार्थ अनुत्तरित प्रश्न टाँसिएका छन् आमाको आँशु र बाबुको मौनताभित्र ! “प्रहरीमै उजुरी दिएँ, प्रहरी नै पक्राउ परे !  अब हामीले न्याय कहाँ खोज्ने ? भन्ने प्रश्न हरेक बेला पीडित बाबुको आक्रोश झल्किने प्रश्न हो ।

तर यो प्रश्नको उत्तर भने अनुत्तरित जस्तै छ । तसर्थ त “सुरक्षाकर्मीबाटै सुरक्षा खल्बलिनु भनेको राज्यसंस्था प्रतिको भरोसा डगमगाउनु रहेको अधिकारकर्मीहरुले बताउने गरेका छन । ११ महिना बितिसके, तर किशोरीको अत्तोपत्तो छैन। न्यायका लागि जति दबाब दिइयो, उति नै ढिलाइ गरियो। कहिलेकाहीँ त लाग्छ, कानुन पनि विवश छ कि भन्ने... न्यायको एउटा कुरा अझै बाँकी छ — एक आमाको चोइटिएको मनलाई फेरि जोड्ने आशा तर त्यो आशा, राज्यले पूरा गर्छ गर्दैन हेर्न बाकी रहेको बेपत्ता किशोरीका काका मंगोलाले बताए ।

प पक्राउ देखि सिआईबीसम्म ...

गत वर्ष असोज महिनाको अन्तिम साता बेपत्ता भएकी किशोरीको अहिले सम्म केही अत्तोपत्तो लागेको छैन । तिन महिना बित्दा पनि उनको अवस्था पत्ता नलागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान गरिरहेको छ । पञ्चेश्वर गाउँपालिकाकि १७ वर्षीया किशोरी गत वर्षको असोज २५ गते बेपत्ता भएकी थिइन् । सोही दिन उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरी हवल्दार कृष्णराज जोशी पक्राउ परेका थिए । अहिले आरोपित जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीले उनलाई गत वर्षको कार्तिक १३ गते कारागार चलान गरिएको थियो  । त्यसपछि सिआइबीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।

प्रहरी हवल्दार जोशी पञ्चेश्वर–२ कै महाकाली प्रहरी चौकीमा कार्यरत थिए । उनलाई महाकाली नदीपारी भारततर्फबाट स्थानीयले नियन्त्रणमा लिएका थिए । त्यसपछि किशोरी र उनीबीच कुनै न कुनै सम्बन्ध रहेको स्थानीय र आफ्नतले प्रमाण सहित पुष्टि गरेका थिए । प्रहरी अनुसन्धानबाट समेत प्रहरी हवल्दार जोशीको असोज २५ गतेसम्म किशोरीसँग भेट भएको निष्कर्ष निकालिएको थियो ।

अहिले भने उक्त घटना अनुसन्धानमा छ तर किशोरी भने के कहाँ कसरी र कस्तो अवस्थामा छन भन्ने कुरा एकिन भने गर्न सकिएको छैन । पञ्चेश्वर गाउँपालिका–२ की अन्दाजी १७ वर्षीया बेपत्ता किशोरीका तस्बिर आरोपित हवल्दारको मोबाइल फोनमा भेटिए पछि किशोरी बेपत्ता पारेको ४ दिनपछि बेपत्ता किशोरीका आफन्तबाट  किशोरी बेपत्ता पारेको आरोप लागेका बरिष्ट प्रहरी हवल्दार कृष्णराराज जोशीको नाममा किटानी जाहेरी परेको थियो । किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता बनाएको भन्दै बेपत्ता किशोरीका आफन्तले किशोरी बेपत्ता भएको चार दिनपछी किटानी जाहेरी दिएका थिए  ।

तेसपछी  बेपत्ता किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा बेपत्ता किशोरीका परिवारले आरोप लगाएका बैतडीको पञ्चेश्वर गाउँपालिका –२ स्थित तत्कालीन महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ट प्रहरी हवल्दार कृष्णराराज जोशी रहेका र सोही किटानी जाहेरीको आधारमा कानुनी प्रक्रिया अघि बढाइएको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आरोपित हवल्दार अहिले पुर्पक्षका लागि कारागार चलान गरिएको बताइएको छ ।

यो पनि हेरौ  - प्रहरी बरिष्ट हवल्दार पुर्पक्षका लागि कारागार, अदालतमा मुद्दा

बेपत्ता किशोरीका आफन्तले किशोरी बेपत्ता आरोप लगाएका हवल्दार जोशीको नाममा किशोरी बेपत्ता भएको चार दिनपछि दिएको किटानी जाहेरी पछि आरोपित हवल्दार जोशीको नाममा अदालतमा मुद्दा दर्ता भएको थियो । हवल्दार जोशीको नाममा अदालतमा मुद्दा दर्ता भएपछि तेहि दिन दिउँसो नै अदालतबाट पक्राउ अनुमति ल्याएर आरोपित  हवल्दार जोशीलाई हिरासतमा राखिएको थियो । अहिले भने आरोपित हवल्दार जोशी पुर्पक्षका लागि कारागार चालान भैसकेका छन।तर बेपत्ता किशोरीका परिवारले दिएको  किटानी जाहेरी दिएर जोशी कारागार चलान गरेर एघार महिना बितिसक्दा सम्म पनि किशोरी कहाँ कस्तो अवस्थामा छ भन्ने कुरा भने खुल्न सकेको छैन ।

आफन्तबाट पेस तथ्य अनि प्रमाण के थिए ? आरोपित प्रहरी वरिष्ठ हवल्दार संग किशोरीका तस्बिर सहितका फोटेज बारे थप ? 

आरोपित हवल्दार जोशीको नाममा किटानी दिएका किशोरीका आफन्तका अनुसार किशोरी बेपत्ता आरोप लागेका महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ट हवल्दार कृष्णराराज जोशीले किशोरीलाई बेला बेला भेट्न बोलाएका तथ्य प्रमाण र तस्बिर संगै निकटतम सम्बन्धमा रहेर बनाएका भिडियो फोटेज समेत आफू संग रहेको दाबी गर्ने गरेका थिए । बेपत्ता किशोरी पक्षबाट किटानी जाहेरी संगै प्रमाणका रूपमा पेस गरेका तस्बिर आरोपित हवल्दारको मोबाइल फोनबाट फेला पारेको बेपत्ता किशोरीका काका प्रेम सिँह मंगोलाले बताए ।

किशोरीलाई भने अहिलेसम्म फेला पार्न सकेको छैन । प्रहरी नै संलग्न - घटना रहस्यमय , बेपत्ता किशोरीको खोजीका लागि प्रहरीबाट नै सुक्ष्म अनुसन्धान ! किशोरी बेपत्ता भएको तिन महिना पुग्दा सम्म पनि किशोरीको अवस्था पत्ता नलागेपछि नेपाल प्रहरीले बेपत्ता किशोरी प्रकरणको सुक्ष्म अनुसन्धान थालेको छ तर किशोरी कहाँ कुन अवस्थामा छिन भन्ने कुरा भने पत्ता लाग्न सकेको छैन । किशोरीको अवस्था पत्ता लाग्न नसक्दा बेपत्ता किशोरीका आफन्त आक्रोशित हुनु का साथै घटना समेत पेचिलो हुँदै गएको छ ।

बरिष्ट प्रहरी हवल्दार नै संलग्न रहेको सिमानाका नजिकको किशोरी बेपत्ता घटना रहस्यमय देखिएको पञ्चेश्वर गाउँ पालिका वडा नम्बर २ का वडा अध्यक्ष वीर बहादुर चन्दले बताए । किशोरी बेपत्ता प्रकरणको उक्त घटना अहिले सिआईबी र जिल्ला प्रहरीको टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अहिले आरोपित तत्कालीन प्रहरी हवल्दार जोशी कार्यरत प्रहरी चौकी स्थानीयको बिरोध पश्चात् अन्यत्र सारिएको छ । उक्त ठाँउमा प्रहरी चौकी छैन । आरोपित प्रहरी हवल्दार डिम्बर गाउँमै रहेको प्रहरी चौकी महाकालीका निमित्त इन्चार्ज समेत रहेका थिए ।

 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update