Sagun Khabar
बाजुरामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ जना घाइते 

बाजुरा – बाजुरामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । 

हिमाली गाउँपालिकाको किउडीबाट धुलाचौरका छुटेको बा प्र.०३००१ज ०३३८ नम्बरको जिप चुइनीकोइराला भन्ने ठाउँमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी मृत्यु हुनेमा हिमाली गाउँपालिका –५ की ७६ बर्षीया बाचा रोकाया, सोही गाउँकी ७५ बर्षीया विजौरा रोकाया र ३४ बर्षीया जुनेली रोकाया रहेका छन् । 

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । दुगर्म भएका कारण घाइतेहरुको उद्धारमा कठीनाइ भएको बताइएको छ । 

कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना भएको अनुमान गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update