Sagun Khabar
धनगढीमा आगलागी : आठओटा सटरमा क्षति

कैलाली –कैलालीको धनगढीमा आगलागीबाट आठवटा सटरमा क्षति भएको छ ।

धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकका सटरमा अचानक विद्युत तार सर्ट भइ आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट विश्वप्रकाश कँडेलले सञ्चालन गरेको हेलेन ट्रेड एण्ड सप्लायर्सको चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलको तीन वटा सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा क्षति भएको छ ।

आइतवार राति पौने ११ बजेतिर लागेको आगो दमकल, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा राति १२ बजे नियन्त्रणमा लिइएको थियो । 

आगो नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाको दुई र गोदावरी नगरपालिकाको एक  दमकल प्रयोग गरिएको थियो । आगलागीबाट सटरमा रहेका सामान जलेर खरानी भएका छन् । 

आगलागीबाट भएको क्षतिको एकीन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update