Sagun Khabar
दलित समाज विकास मञ्चले मनायो बार्षिकोत्सव 

बैतडी–बैतडीमा सञ्चालनमा रहेको गैरसरकारी संस्था दलित समाज विकास मञ्चले आफ्नो २२ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।

मञ्चले आज बार्षिकोत्सवको अवसरमा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गर्नुका साथै कार्यालयमा अन्तरक्रिया सम्पन्न गरिएको दलित समाज विकास मञ्च बैतडीका सचिव बलभद्र दयालले बताए । 

संस्थाका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा संस्थाले सञ्चालन गरिरहेका कामहरुको बारेमा समीक्षा गरिएको थियो । 

२०६१ सालमा स्थापना भएको संस्थाले जातीय विभेद न्यूनीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, समतामूलक समाज निर्माण, पछाडि परेका समुदायको उत्थानका लागि विभिन्न कामहरु गर्दै आएको छ । 

विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसंगको सहकार्यमा दलित समाज विकास मञ्चले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सचिव दयालले बताए ।  
 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update