
बैतडी –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेलौली नगरपालिका –८ अन्तर्गतका टोलहरुमा स्ट्रेचर वितरण गरेको छ ।
ग्रामीण क्षेत्रमा बिरामी भएकाहरुलाई स्वास्थ्य संस्थामा पुर्याउन सहज होस भनेर स्ट्रेचर वितरण गरिएको रास्वपाका वडा सभापति विश्राम ठगुन्नाले बताए ।
स्वदेश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरुबाट चन्दा संकलन गरेर स्ट्रेचर खरीद गरी वितरण गरिएको उनले बताए । करीब २३ हजार ५ सय रुपैयाँको लगानीमा स्ट्रेचर खरीद गरी टोलहरुमा वितरण गरिएको रास्वपाका सक्रिय सदस्य डम्मर ठगुन्नाले बताए ।
मेलौली नगरपालिका वडा नं ८ को जमाडी टोल, गैरी टोल, नयाँ टोल, ल्वास लगायतका टोलहरुमा स्ट्रेचर वितरण गरिएको हो ।
गाउँघरका नागरिकहरुलाई सहज होस भनेर रास्वपाको वडा समितिको सक्रियतामा स्ट्रेचर वितरण गरिएको रास्वपा बैतडीका उपसभापति हेमन्त ऐरले बताए ।